टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी, २३ असोज । कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१  ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ