कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी

काठमाडौं। कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी नियुक्त हुनुभएको छ ।

सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले शुक्रबार स्वागत गर्नुभएको हो ।

करिब १७ वर्षको बैकिङ अनुभव रहेको छ । सुवेदी कामना सेवामा आउनु अगाडि साग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत हुनुहुन्थ्यो ।

स्वागत तथा पदबहाली कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललगायत उच्च पदस्थ कर्मचारीको उपस्थित रहेको थियो।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ