नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, ४ अर्ब ५६ करोड कारोबार

काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । सोमबार १०.२६ अंकले बढेको सेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ । 

यसदिन १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ