BrandingBreakingBusiness NewsPolitics

अर्थमन्त्रीद्वारा अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेका छन् ।

मन्त्री पुनले आगामी वैशाखमा काठमाण्डौमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्तालाई सहभागी हुन आग्रह गरेका हुन् ।

नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिन आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्सन अर्थ मन्त्रालय गएका थिए । सोहि अवसरमा अर्थमन्त्री पुनले राजदूत थम्सन सामु उक्त आग्रह गरेका हुन् ।

मन्त्री पुनले उक्त अवसरमा नेपाल लगानीको लागि उपयुक्त गन्तव्य रहेको र विदेशी लगानीकर्ताका लागि सहज र सरल लगानीको व्यवस्था भईरहेको बताएका छन् । उनले लगानीका लागि नेपाल भिर्जन ल्याण्ड रहेको र लगानी सम्मेलनमा बढी भन्दा बढी लगानीकतालाई सहभागी हुन आह्वान गरेका छन् ।

राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन चाहिरहेको र यसका लागि दुतावासले उपयुक्त वातावरण बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button