BrandingBreakingBusiness NewsCorporateEntertainmentTrending

डाबर वाटिका स्याम्पु मिस नेपालको टाइटल स्पोन्सर

काठमाडौं । डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगिताको टाइटल स्पोन्सर गर्ने भएको छ । विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै डाबर वाटिकाले मिस नेपाल २०२४ पनि सो साझेदारी गर्ने भएको हो ।

शीर्षक प्रायोजकको रुपमा, डाबर वाटिकाले महिला सशक्तिकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरुलाई समर्थन गर्न र समाजमा प्रभाव पार्न महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने जनाएको छ ।

‘हामी सुन्दरता र वौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आवद्ध हुन पाउँदा हर्षित छौं, यो साझेदारीमार्फत् हामीले नेपालभरका महिलाहरुलाई निडरताका साथ आफ्ना सपनाहरु पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राख्छौं’, डाबर नेपालका मार्केटिङ हेड अभयप्रसाद गोर्खालीले भने ।

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले मिस नेपाल २०२४ को टाइटल प्रायोजकका रुपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा खुसी भएको बताएका छन् । उनले आफूहरु अनगिन्ती व्यक्ति र समुदायहरुलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तयार रहेको बताए

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button