सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६ औँ वार्षिकोत्सव

काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर हर्षोल्लासका साथ १६औँ वार्षिकोत्सव मनाएको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भई बनेको यस कम्पनीले मर्जरको एक वर्ष पनि पूरा गरेको छ ।

७ पुस २०७९ देखि संयुक्त कारोबार गरेको यस कम्पनीले जीवन बीमा कम्पनीहरूबीच पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलतामा पुर्‍याउन साथ दिने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्ने ग्राहकवर्ग, अविरल साथ दिइरहने अभिकर्ताहरू, अहोरात्र खट्ने कर्मचारी, हौसला प्रदान गर्ने शेयरधनीहरू, सदैव सत्मार्ग देखाउने सञ्चालक समिति, मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरूलगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरेर जोडिने सम्पूर्ण सरोकारवालाहरूलगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरूप्रति कृतज्ञता ज्ञापन गरे ।

कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समयसापेक्ष उत्कृष्ट सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ ।


सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४५४ करोड, जीवन बीमा कोष ३,२०० करोड, कुल लगानी ३,७५० करोड छ । त्यस्तै, नेटवर्थ ७५६ करोड छ भने हाल यस कम्पनीले १७८ शाखाहरूमार्फत २८ लाख बीमालेख जारी गरिसकेको छ । हाल यस कम्पनीसँग आबद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार छ ।

यस कम्पनीले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ