Breaking

१०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौ, २४ असोज । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलमा एकसय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।    यस्तै तेजाबी सुनको मूल्य पनि बुधबार तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको मूल्य नै कामय हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button