BrandingBreakingBusiness NewsCorporate

गुणस्तरमा वेदालय अगाडि : सुदिन विष्ट

नेपालबाट युवा पुस्ता विदेश पलायन भइरहको छ । तर, नेपालमा लगनशीलताको साथ कुनै पनि व्यवसाय गर्ने हो भने छोटो समयमै आफनो ब्राण्ड स्थापित गर्न सकिन्छ भन्ने सन्देश वेदालय ग्रुपले दिएको छ । तीन वर्ष अघि मात्र स्थापना भएको वेदालय ग्रुपले घर, विद्यालय, होटल, अपार्टमेन्ट निर्माणमा चाहिने निर्माण सामग्री एकै स्थानमा उपलब्ध गराउँदै आएको छ । प्रस्तुत छ, वेदालयलाई.नेपाली ब्राण्ड बनाउन सफल, ग्रुपका बिजनेस डेभलपमेन्ट एण्ड ट्रेड सेल्स प्रमुख सुदिन विष्टसँग गरिएको कुराकानी । 

वेदालय कस्तो व्यवसाय हो ? 

वेदालय ग्रुप निर्माण क्षेत्रमा आधुनिक प्रविधि प्रयोग भएका निर्माण सामग्री आपूर्तिकर्ता कम्पनी हो । यसले निर्माण क्षेत्रका लागि आवश्यक गुणस्तरीय निर्माण सामग्री एकै छानामा उपलब्ध गराउने गर्दछ । हामीले झ्याल ढोका बनाउन प्रयोग फोर्निट युपिभिसी, युपिभिसी छाना, एमआरआई स्टेन, भान्सादेखि बाथरुम निर्माणसम्मका आवश्यक सबै वस्तु बिक्री गर्ने गरेका छौं । विश्वका गुणस्तरीय कम्पनीसँगको सहकार्यमा निर्माणजन्य वस्तुहरु नेपालमा बिक्री वितरण गर्ने. कम्पनीको रुपमा हामीले काम गरेका छौं । 

नेपालमा निर्माण सामग्रीको व्यापारको अवस्था कस्तो छ  ? 

कोभिड–१९पछिको निर्माणजन्य उत्पादनको बिक्रीमा मन्दी देखिएको छ । निर्माण सामग्री आयात र उत्पादन गर्ने धेरै उद्योगले आफनो क्षमता खुम्च्याएका छन् । निर्माण सामग्रीको व्यापार पनि बढ्न सकेको छैन । बजार अझै मन्दीको अवस्थामा छ । तर, यो नयाँ वर्षको सुरुवातदेखि निर्माण क्षेत्र केही तंग्रिन लागेको देखिन्छ । पछिल्लो समय व्यापारमा सकारात्मक संकेत देखिएका छन् । सम्रग क्षेत्र चलायमान भयो भने मात्र निर्माण क्षेत्र समेतले गति लिने हो । पछिल्लो समय निर्माण साम्रगीको व्यापारमा सुधार देखिन थालेको छ । 

अहिले नेपालमा व्यवसाय गर्न कत्तिको सहज अवस्था छ ? 

अहिले धेरै व्यावसायिक क्षेत्र आर्थिक संकटमै छन् । व्यवसाय गर्नेले व्यवसायहरुलाई स्थिरता दिनै पर्छ । आजकै आज नाफा कमाउने क्षेत्र होइन व्यापार । कोरोनापछि अर्थतन्त्रमा देखिएको संकुचनको असर सबै क्षेत्रमा अझै छ । तर, अब सरकारले नेपालमा उद्यम व्यवसाय गर्ने व्यवसायीलाई सहयोग गर्न नीतिहरु बनाउन आवश्यक छ । नेपालमै केही गर्नुपर्छ भनेर ठूलो लगानी गरेकालाई सरकारले प्रोत्साहन गर्नुपर्छ । व्यवसाय गर्नेलाई कम ब्याजदरमा व्यवसाय कर्जा उपलब्ध गराउने र लगानीको वातावरण गराउने नीति बन्नु पर्छ ।  

तपाईं यो व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?

म १२ वर्ष थाइल्याण्डमा उद्यमशीलता र स्टार्टअप क्षेत्रमा काम गरे । तर कोभिडपछि नेपालको व्यवसायमा सम्भावना देखेर फर्के । नेपालमा केही गर्नु पर्छ भनेर नयाँ व्यवसायको रुपमा वेदालयको स्थापना भएको हो । आफू जन्मेको देशमै केही गर्न सकिन्छ भनेर हामीले स्टार्टअप व्यवसाय गरेका छौं । अहिले विदेशी ठूला कम्पनीसँगको सहकार्य गरेर काम गरिहेका छौं । नेपालमा युवा पुस्ता व्यवसायमा आउनुपर्छ भन्ने सोचका कारण व्यापारमा जुटेको छु । 

युवा पुस्तालाई व्यवसायमा जोड्न के गर्नुपर्छ ? 

युवा पुस्ता जहाँ अवसर छ त्यहीँ नै पुग्ने गर्दछ । उद्यमशीलता र व्यवसायमा युवा पुस्तालाई आकर्षण गर्न नीतिमै जोड दिनुपर्छ । युवा पुस्ता स्वदेश नबस्ने हो भने देश बन्दैन । देश बनाउनका लागि युवासँग भएको सीप र क्षमतालाई भरपुर प्रयोग गर्नुपर्ने हुन्छ । अहिले नेपालबाट दैनिक दुई हजारको हाराहारीमा युवा पुस्ताले देश छोडिरहेका छन् । विदेश जान लाग्ने खर्चले नेपालमा स्टार्टअप व्यवसाय गर्न सकिन्छ । यस्तै, समूहगत रुपमा समेत व्यवसाय गर्न सकिन्छ तर, सरकारले वातावरण बनाउन सकेको छैन । 

नेपालमा गरिएको लगानीको सुनिश्चिता नहुँदा विदेश पलायनले डर लाग्दो रुप लिइरहेको छ । युवा जमातको पलायन बारेमा सरकारले विशेष अवसरको प्याकेज नल्याउने हो भने अबको युवा पुस्ता व्यवसायमा जोड्न निकै कठिन छ । विदेश गएका नेपाली फर्कने वातावरण र अवसर दिने हो भने विदेश गएका नेपाली फर्कन चाहन्छन् । युवा पुस्ता आफनो ज्ञान र विशेषज्ञता नेपालमै प्रयोग गर्न चाहिरहेका छन् तर, फर्काउने वातावरण बन्न सकेको छैन । नेपालको राजनीतिक अवस्था सुधार नहुँदा लगानीको वातावरण बन्न समेत सकेको छैन । नेपालमा लगानीको अवसर धेरै क्षेत्रमा छ । आफनो जन्मभूमिमै केही गर्न पाए हुन्थ्यो भन्ने भन्ने कुरा धेरै नेपालीको मनमा छ । तर, राजनीतिक स्थिरता नहुँदा युवा पुस्ता व्यापारमा जोडिन सकेका छैनन् । स्टार्टअप व्यवसाय गर्नेका लागि नेपालमा उज्जल भविष्य छ । 

अन्त्यमा, निर्माणजन्य सामग्रीको व्यावसाय गरेको वेदालयको आगामी योजना के छ ?

हामीले निर्माण क्षेत्रका लागि आवश्यक सबै सामग्री गुणस्तरीय होस् भन्ने विषयलाई नै प्रमुख प्रथामिकता दिने गरेका छौं । हामी निर्माण सामग्री बिक्री वितरण गर्नेमात्र होइन अब उत्पादन गर्नेतर्फ समेत केन्द्रित भएका छौं । हामी नयाँ छौं । तर, हामीसँग पुराना अनुभवी व्यक्तिहरुको टिम छ । हाम्रो उपस्थिति बजारमा बढ्दो छ ।  हामीले बेच्ने निर्माण सामग्री अन्तर्राष्ट्रियस्तरको ब्राण्डका छन् । अझै विश्वस्तरीय कम्पनीको सहकार्यमा नेपालमै गुणस्तरीय उत्पादन गर्ने रणनीति हाम्रो छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button