BankingBrandingCorporateInfo-Tech
ट्रेन्डिङ

काठमाडौँ महानगरको बजेट २५ अर्ब ५४ करोड

काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट विनियोजन गरेको छ ।

काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गरेकी हुन् ।

बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार रूपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रूपैयाँ बजेट बिनियोजन गरिएको छ ।

कामपाले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ रूपैयाँ को बजेट विनियोजन गरेको थियो । चालु अवाको तुलनामा आगामी आवको बजेट करिब १४ करोड रूपैयाँले बढी हो ।

आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड रूपैयाँ र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड र ‘रोजगारी र आयवृद्धि महानगरको समृद्धि’ कार्यक्रमका लागि १० करोड रूपैयाँ बिनियोजन गरिएको छ । रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाताबीच ‘जव लिंक एप’ प्रयोगमा ल्याएने बजेटमा उल्लेख छ ।

बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई–कमर्श पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनका लागि रु एक करोड र स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यका लागि आवश्यक बजेट छुट्याइएको छ ।

साथै ‘मेरो रहर, हरित सहर’ कार्यक्रमका लागि ५० करोड रूपैयाँ बजेट बिनियोजन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षारोपणसम्बन्धी काम गरिनेछ । महानगरले महानगर टेलिभिजन स्थापनाका लागि ५ करोड रूपैयाँ छुट्याएको छ ।

महानगरका मुख्य सडक, चोक एवं गल्लीमा समेत ‘सर्भिलेन्स क्यामरा’ जडान गरी महानगरबासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले ‘महानगरले देख्न’ योजनालाई गौरवको कार्यक्रममा समावेश गरिएको छ । यसका लागि २० रूपैयाँ करोड बजेट बिनियोजन गरिएको छ ।

महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षणका लागि विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि एक करोड ५० लाख रूपैयाँ बजेट बिनियोजन गरिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button