BreakingPolitics

एमाले मधेश प्रदेशको अधिवेशन सुरु

जनकपुरधाम, नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

२३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । 

प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ भने १०५ जना स्वयंसेवक परिचालन गरिएको एमाले मधेश प्रदेशले जनाएको छ । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button