Banking
ट्रेन्डिङ

नेपालइन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिएर आजबाट संयुक्त कारोबार, नयाँ बैंकको नाम– नेपालइन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड

काठमाडौं, २७पौष। नेपालइन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपालइन्भेष्टमेण्ट मेगा बैंकको नामबाटआजदेखि विधिवत रुपमाएकीकृत कारोबार सुरु गरेका छन् । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’भन्ने नाराका साथएकीकृत कारोबार सुरु गरेको यस बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ ।

काठमाडौंमाआजआयोजित एक कार्यक्रममा नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्षश्री पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्षश्री भोजबहादुर शाहले संयुक्त रूपमाएकीकृत कारोबारशुभारम्भ भएको घोषणा गर्नुभयो । दुई बैंकबीच शेयर स्वापअनुपात१००ः९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपालइन्भेष्टमेण्ट बैंककै अध्यक्षश्री पृथ्बीबहादुर पाँडे र प्रमुखकार्यकारी अधिकृतमाश्री ज्योतिप्रकाश पाण्डे रहनुुभएको छ । नयाँ सञ्चालक समितिमादुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपालइन्भेष्टमेण्ट बैंकको तर्फबाट श्री प्रजन्य राजभण्डारी, श्री कविकुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट श्री गोपालखनाल, श्री मदनकुमार आचार्य र श्री मुक्ति राम पाण्डे रहनुभएको छ । त्यसैगरी साविक नेपालइन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहनुभएकाश्री मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमापनि स्वतन्त्र सञ्चालक रहनुभएको छ ।

बैकिङ्ग क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमासुपरिचित रहिआएकादुबैं बैंकएक आपसमागाभिएपश्चातदेशकै ठूला वाणिज्य बैंकहरुमध्येको एकहुँदैसम्पूर्ण वित्तिय सुचकहरुमाअग्रताहासिलगर्न सक्षमहुनेछ भन्ने धारणा अध्यक्षश्री पाँडेले व्यक्तगर्नुभयो ।यसका साथै वहाँले यो मर्जरले वित्तीय क्षेत्रमाथपउर्जा प्रदानगर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाईथपउत्साहप्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरकालागि प्रेरित गरेको बताउनुभयो ।

यसैगरी, मेगा बैंककाअध्यक्षश्री भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ्ग क्षेत्र र अर्थतन्त्रकालागि सुखद र सकारात्मककदमभएको बताउनुभयो । मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उच्चकायम राख्नदुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मकपक्षहरुलाई अंगिकार गर्नुका साथैशेयरधनिहरुको प्रतिफलमान्यायोचित वृद्घि र निरन्तरतादिँदै जाने विश्वासवहाँले व्यक्तगर्नुभयो ।

यस रुपान्तरणकारी प्रयासमाहौसलादिने तथा साथएवं सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक,दुबै बैंककासञ्चालक समिति, मर्जर समिति,कर्मचारीवर्गलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथाशुभेच्छुकहरुप्रति दुबैं बैंककाअध्यक्षहरुले संयुक्तरुपमाआभार व्यक्तगर्नुभयो ।

मर्जर पश्चातबैंकको कुलचुक्ता पू‘जी रु.३४.१२ अर्ब,कुलपूँजी रु. ५८ अर्बभन्दा बढी रकुल सम्पत्ति रु. ४ खर्ब ७१ अर्ब, त्यसैगरीकुलनिक्षेप रु. ३६०.२ अर्ब तथाकर्जा लगानीरु. ३२९.०६ अर्ब गरी कुल ३० लाखग्राहकहरुलाई सेवाप्रदानगर्दैनेपालइन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक अग्रणी बैंक बनेको छ ।

त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहितबैकिङ्गसेवा १०९तथा एटिएम सञ्जाल २७९पुगेको छ । निकटतम भविष्यमाथपशाखा सञ्जालविस्तार गरी देशका७७ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तियपहुँच सुनिश्चितगरिने प्रतिबद्धता बैंकले जनाएको छ ।

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button