BankingInsurance & Finance

लाइन र बिचौलियामुक्त गर्न लाइसेन्सको राजस्व भुक्तानी अनलाइनबाटै

काठमाडौ । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ ।

पहिलो पटक परीक्षणका रुपमा गण्डकी प्रदेशले यो सेवाको सुरुवात गरेको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त अनलाइन सेवाको सुरुवात गरेका हुन् ।

उनले यातायात व्यवस्था कार्यालयमा ठूला लाइन र बिचौलियामुक्त गर्ने उद्देश्यले उक्त अनलाइन सेवा सुरु गरेको बताए । साविककै प्रणालीमा सुधार गरी यातायात व्यवस्था विभागले अनलाइनबाटै राजस्व भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो ।

विभागका अनुसार लिखित र ट्रायल परीक्षामा पास भएकाले अनलाइनबाटै राजस्व तिर्न सक्ने छन् । यो प्रणाली पूर्ण रुपमा लागू भएपछि कनेक्ट आईपीएस, ईसेवा, खल्तीजस्ता गेटवेमार्फत लाइसेन्सको राजस्व भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button