BankingBrandingInsurance & Finance

चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिका लागि संयुक्त सुझाव दिदै

काठमाडौ । आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ।

बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधीमूलक संस्थाबीच सहकार्य हुन लागेको हो।

उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमितिलाई बधाई एवम् शुभकामना दिने क्रममा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका छन्।

परिसंघका पदाधिकारीलाई बधाई दिँदै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयन मार्फत् आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाहरूले सहकार्य गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष मल्लले भने, मुलुकको अर्थतन्त्रलाई उकास्न एवम् निजी क्षेत्रको मागलाई सम्बोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ।ु

उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उनले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताए।

मौद्रिक नीतिमार्फत् वित्तीय स्थायित्व कायम गर्न एवम् ब्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झकझक्याउनु पर्ने अध्यक्ष मल्लको भनाइ छ।

चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझाव समेत पेश गर्दैछन्।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button