Uncategorized

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं, ३१ साउन । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

तीन सातादेखि जारी रहेको सदनको अवरोधबारे राष्ट्रपति पौडेलले ओलीसँग चासो राखेका थिए । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै १० साउनदेखि एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

सदनको अवरोधप्रति राष्ट्रपति पौडेलले चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि चासो राख्दै सदनको अवरोध हटाउन भनेका थिए । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button