
Breaking
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
कैलाली, ५ असोज । गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय मनिराज महतासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।