काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर सुरु गरिएको छ । काठमाडौंमा सोमबारबाट सुरु भएको अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले पाँचजना पदाधिकारीसहित २४० सदस्यीय बागमती प्रदेशको नयाँ कमिटी चयन गर्नेछन् ।