Breaking

प्रभु सेलेक्ट फन्डको नगद लाभांश खातामा जम्मा

काठमाडौ, प्रभु सेलेक्ट फन्डले आफ्ना इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । फन्डले असोज १२ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेको इकाइधनीको खातामा लाभांश जम्मा गरेको जनाएको छ । यता, फन्डको योजना व्यवस्थापक प्रभु क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।     यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने प्रभु क्यापिटलले जनाएको छ ।    आर्थिक वर्ष २०७९–८० को नाफाबाट फन्डले कर सहित ९.५% नगद लाभांश वितरण गरेको हो । लाभांश वितरणको लागि यसले असोज १२ गते बुक क्लोज गरेको थियो । तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीको खातामा लाभांश जम्मा गरिदिएको हो । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button