Business NewsCorporateTrending

सानिमा बैंकको दराजसंग “दराज महाबचत योजनाका”लागिसहकार्य

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दराज महाबचत योजनामा”विशेष छुट दिनेसहकार्य गरेको छ ।
यो योजनाअवधिभर ग्राहकहरुलेसानिमा बैंकको डेबिट वाक्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामानतथासेवाखरिद गर्दा विशेष छुट प्राप्तगर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानीगर्दा १०% वाअधिकतम् रु. १,०००/– सम्मको छुट तथाक्रेडिट कार्डबाट भुक्तानीगर्दा १५% वा अधिकतम् रु १,५००/– सम्मको छुट प्राप्तगर्न सक्नुहुनेछ । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नु हुनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वाक्रेडिट कार्डमाअनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्नेहुन्छ। अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियो सहितको प्रकृया सानिमा बैंकको आधिकारिक Youtube Channel (https://youtu.be/aCHTzUKKO0o) मा राखिएको छ ।
यो योजना २०८०श्रावण ४ देखि श्रावण १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button