BreakingPolitics

विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

काठमाडौं, सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।   नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायल  जाने भएको छ ।  यसअघि बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि जहाज तत्काल इजरायल पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button