BreakingBusiness NewsTrending

३१ करोडले बढ्यो अम्रिसोको निर्यात

काठमाडौँ – नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा १ अर्ब रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ करोड ३९ लाख किलोग्राम अम्रिसो निर्यात भएको हो ।

गत आर्थिक वर्षमा नेपालबाट निर्यात भएको सम्पूर्ण अम्रिसो भारततर्फ गएको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६९ करोड ९८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको विभागको तथ्यांक छ ।

उक्त अवधिमा नेपालबाट १ करोड ४० लाख ६९ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो । तथ्यांकअनुसार एक वर्षको अवधिमा नेपालबाट अम्रिसोको निर्यात ३१ करोडले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भने बंगलादेश र भारतमा अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा बंगलादेशतर्फ ३२ लाख ५९ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यस्तै, भारततर्फ ६९ करोड ६६ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button