Breaking

भगवती र मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । जसमा भगवती हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँसम्म तोकेको छ । ‘बीजीडब्लुटी’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।    यस्तै, मिड सोलु हाइड्रोपावको चुक्ता पुँजीका आधारमा कायम कुल ७४ लाख ८४ हजार  कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकेको छ । ‘एमएसएचएल’ संकेतमा यसको सेयर कारोबार हुनेछ । अब बिहीबार दुवै कम्पनीको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button