Breaking

नेपाली दूतावासले भन्यो, ‘१० नेपालीको शव स्वदेश पठाउन इजरायली नियम तथा प्रकृयाबमोजिम भैरहेको रहेको छ ‘

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा निधन भएका  १० जना नेपाली विद्यार्थीहरुको शव स्वदेश  नेपाल पठाउनका लागि शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको जनाएको छ । त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो ।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button