इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु भयो ?
काठमाडौंँ ,तेल अभिभ । गत हप्ता इजरायलमा हम्साले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।
समाचार एजेन्सी एएफपीले यस आक्रमणमा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ। आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ ।
अमेरिका: २७ जनाको मृत्यु
थाइल्याण्ड: २४ जनाको मृत्यु
फ्रान्स: १५ जनाको मृत्यु
नेपाल: १० जनाको मृत्यु
अर्जेन्टिना: सात जनाको मृत्यु
युक्रेन: सात जनाको मृत्यु
रूस: चार जनाको मृत्यु
बेलायत: चार जनाको मृत्यु
चिली: चार जनाको मृत्यु
अस्ट्रिया: तीन जनाको मृत्यु
बेलारुस: तीन जनाको मृत्यु
फिलिपिन्स: तीन जनाको मृत्यु
ब्राजिल: तीन जनाको मृत्यु
पेरु: दुई जनाको मृत्यु
रोमानिया: दुई जनाको मृत्यु
अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया, पाराग्वे: एक-एक जनाको मृत्यु।
जर्मनी-मेक्सिको: धेरै मानिसहरूलाई बन्धक बनाएको छ । इटाली, पाराग्वे, श्रीलंका, तान्जानिया: धेरै बेपत्ता