Breaking

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौं, १ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिकलाई  प्रहरीले पक्राउ गरेको छ ।  एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर १६ हजार ४ सय २१, चाईनिज युआन ५४ हजार ४ सय १५ र भारतीय रुपैयाँ ५ हजार फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button