Breaking

कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना, आजदेखि सेवा प्रदान सुरू

काठमाडौं, १ कात्तिक । सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ ।  बुधबार एक कार्यक्रमका बीच भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको छ । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरिएको हो । २०७८ चैत १७ गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशाला, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्री श्रेष्ठले चुस्तदुरुस्तका साथ निर्णय कार्यान्वयन गर्न लागि परेकी छिन् ।  सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरु भोग्न पर्ने भन्दै आएका गुनासो न्यूनीकरण गर्न आफू लागि परेको बताइन् ।  ‘हाम्रो मातहतका कार्यालयमा सेवा लिन जाँदा विभिन्न खाले समस्याहरु भएको भन्दै समयसमयमा गुनासो आउने गरेको छ । नागरिकहरूबाट आएको गुनासोलाई मैले नजिकबाट नियालेको छु ’, मन्त्री श्रेष्ठले भनिन्, ‘यस्ता खालका गुनासो न्यूनीकरण गर्दै नापनक्सा तथा जग्गा प्रशासन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्शी र गुणस्तरीय बनाउने कार्यमा म र मेरो नेतृत्वको सम्पूर्ण मन्त्रालय तथा विभागका कर्मचारीहरु क्रियाशील हुँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर निरन्तर कार्यान्वयन गरिरहेका छौँ ।’  आम नागरिकहरूबाट आएको सुझावलाई मध्यनजर

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button