Breaking

कुशल मल्लले पुरा गरे अर्धसतक

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धसतक पुरा गरेका छन् । पाँचौँ नम्बरका क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा पाँच छक्का र दुई चौकाको मद्दतले ५४ रन बनाएका हुन् । उनले छक्का प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन् । नेपालले १७ ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनाएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाउँदै कुशललाई साथ दिइरहेका छन् । जारी शृङ्खलामा नेपालले यो तेस्रो खेल खेलिरहेको हो । यसअघि खेलिएको दुवै खेलमा नेपाल विजयी भएको थियो । जारी शृङ्खलामा तेस्रो राष्ट्रका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button