Breaking

नबिल बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले करसहित नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । जसअनुसार बैंकको सेयर लगानीकर्ताहरुले प्रति सेयर ११ रुपैयाँका दरले नगद लाभांश पाउनेछन् । तथापि, बैंकको लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा लाभांश वितरण हुने छ  ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button