BreakingInternational

युद्धकै बिच ११ जना नेपाली केयरगिभर इजरायल उडे

काठमाडौँ । युद्धकै बिच ११ जना नेपाली केयरगिभर इजरायल उडेका छन्। केयरगिभरको रूपमा काम गर्न उनीहरू इजरायल उडेका हुन्।इजरायल र गाजास्थित हमास समूहबिच युद्ध भइरहेको छ। गत अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमण गरेको थियो। त्यही क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए। उक्त घटनापछि इजरायल उड्न लागेका २४ जना केयरगिभर रोकिएका थिए। २४ जनामध्ये ११ जना उडिसकेपछि बाकी रहेका १३ जना पनि चाडै जाने सरकारले जनाएको छ। 

इजरायल जान पाउनुपर्ने माग राख्दै उनीहरूले दबाब दिँदै आएका थिए।नेपाल र इजरायलबिच भएको सहमतिअनुसार १ हजार भन्दा बढी नेपालीलाई इजरायलमा रोजगारीको अवसर प्रदान गरिएको थियो। दुई वर्षदेखि छनौटमा परेका केयर गिभरहरूलाई इजरायल लगिँदै आएको छ। अब अन्तिम चरणमा २४ जना बाकी थिए।

 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button