Uncategorized

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ । हिजो बिहीबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ७० रुपैयाँमा भइरहेको छ । हिजो यसको बिक्री मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button