Breaking

सर्पदंशबाट एकजनाको मृत्यु

सर्लाही, ३२ साउन । सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ । 

राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा उनलाई लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको स्थानीयले बताए । 

यसवर्ष सर्लाहीमा  सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button