Breaking
एकीकृत समाजवादी बैठक जारी, केन्द्रीय सदस्यले बोल्ने क्रम जारी
काठमाडौं, ६ भदौ । एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बुधबार पनि जारी छ । मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
उक्त प्रतिवेदनमामाथि केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्न सुरु गरेका छन् । मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल भइरहेको हो ।