Breaking

व्यक्तिको जग्गामा प्रवेश र धरपकड नगर्न हर्क साम्पाङलाई अदालतकाे आदेश

विराटनगर, ८ भदौ ।  उच्च अदालत विराटनगरले सुनसरीस्थित धरान उपमहानगर पालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)लाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । 

बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।

यसअघि पनि अदालतले सोही आदेश दिएको थियो । जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि व्यक्तिको जमिनमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो । 

धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।

गत सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको थियो ।   उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिए । 

अधिकारी दम्पतीलाई पक्राउ गर्न मेयर साम्पाङले प्रहरीलाई दबाब दिएपछि उनीहरु पुनः अदालत गएपछि दोस्रोपटक सो आदेश आएको हो । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button