Breaking
नेपाल जनता पार्टीले बागमति प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने, हिन्दुराष्ट्र बनाउनेदेखि भष्ट्रचारमुक्त नेपाल एजेण्डा
काठमाडौं । नेपाल जनता पार्टीले असोज ११ गते पार्टी प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
पार्टी कार्यलय अनामनगरमा मंगलबार बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको नीति–सिद्धान्त र दृष्टिकोण लगायतका बिषयमा बाग्मतीस्तरिय प्रशिक्षण कार्यक्रम गर्न लागिएको बरिष्ठ उपाध्याक्ष खेमराज आचार्यले जानकारी दिनुभयो ।
प्रशिक्षणमा बागमती प्रदेशका नेपाल जनता पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।
प्रशिक्षण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई दायित्व तथा भूमिका समेत निर्धारण गरिने बरिष्ठ उपाध्याक्ष आचार्यले जानकारी दिनुभयो ।
प्रशिक्षणमा नेपालमा लोकतान्त्रिक हिन्दु राष्ट्रदेखि भष्ट्रचार मुक्त नेपाल निमार्णका लागि कसरी अगाडी बढ्ने लगायत बिषयमा छलफल गरिने छ ।