BreakingPolitics

कोशी सरकार निमार्ण पछि राजेन्द्र लिङदेनले भने, ‘हामी बिपक्षमा’

काठमाडौं । कोशी सरकार निमार्ण प्रक्रियाका बारेमा क्रिया प्रतिक्रिया आईरहेको छन् ।   कार्की नियुक्त हुने बितिक्कै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले सत्तारूढ गठबन्धन कायमै राख्ने र थप मजबुत बनाउने सम्झौता गरेका छन् ।    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभापति शेरबहादुर देउवा र कोइराला बिच भएको लिखित सहमति अनुसार गठबन्धन नटुटने बरु थप बलियो बनाउने सम्झौता भएको हाे । यसले राजनीतिमा थप रोचक मोड लिएको छ ।  यसैबिच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा प्रतिपक्षमा बस्ने जनाएका छन ।    नेकपा एमालेका समर्थनमा कांग्रेसका बिद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्री नियुक्त भएलगत्तै अध्यक्ष लिङ्देनले राप्रपा बिपक्षमा रहने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।    ‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो । अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ,’ उनले भनेका छन, ‘अब यसरीनै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं, हामी विपक्षमा ।’  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button