BreakingInternational

बहराइनले दियो नेपाललाई ७८ रनको लक्ष्य

काठमाडौँ– एसीसी  यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार बहराइनबाट ७८ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७।५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो ।

खेलको प्रारम्भदेखि नै नेपाली बलरहरुले बहराइनका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बहराइनका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका मुहम्मद बासिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाए ।

उनले ७७ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । मुहम्मद वासिलवाहेक बहराइनका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाल बलरसामु निरीह बनेका बहराइनका ओपनर ब्याट्सम्यान रिसब रमेश ६ रनमै पेभेलियन फर्किए । उनी टोलीका कप्तान पनि हुन् । 

अर्का ओपनर आयान ओबाइद सैयदले तीन रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान साई सार्थक बादिराजु पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । मुहम्मद अदिल हक नवाज शून्य रनमै पेभेलियन फर्किए । बहराइनका पाँच ब्याट्सम्यान त शुन्य रनमै आउट भए । बहराइनले अतिरिक्त रुपमा १७ रन पाएको थियो । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button