Breaking
टीकापुरमा क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो ।
पालिकामा गत वर्ष एक सय ७६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७८–०८९ मा एक सय ६८ जना बिरामी फेला परेका थिए । पालिकाले क्षयरोगीमा पनि विपन्न बिरामीलाई खाद्यान्न वितरण गर्ने गरेको छ । गत वर्ष पनि एक सय दुई जनालाई खाद्यान्न वितरण गरिएको थियो।