Breaking

सपोर्ट लघुवित्तद्वारा लाभांस घोषणा

काठमाडौं, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश घोषणा गरेको छ । सोमबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

  हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको बैठकले सोको कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतका दरले हुन आउने ६ लाख ५१ हजार ६२८ रुपैयाँ ४२ पैसाको नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button