BreakingEntertainment
४ करोडको बजेटमा बनेको फिल्म ‘दिमाग खराब’ले कमायो पहिलो सातामा ४ करोड
काठमाडौं ।दोश्रो सातामा प्रवेश गरेको फिल्म ‘दिगाम खराब’ले आक्रामक व्यापार गरिरहेको छ । दोश्रो साताको शुक्रबार र शनिबार पनि फिल्मको व्यापार आक्रामक छ ।
यसैबिच, यो फिल्मले पहिलो सातामा ४ करोडको ग्रस कलेक्शन गरेको छ । फिल्मले दोश्रो साताको शुक्रबार र शनिबार झनै आक्रामक व्यापार गरेकाले व्यापार झनै बढने देखिन्छ ।
फिल्मका निर्माता तथा निर्देशक निश्चल बस्नेतले यो फिल्म ४ करोडको बजेटमा निर्माण भएको बताइसकेका छन् । यसैले, यो फिल्मले नेपालबाटै लगानी सुरक्षित गर्नका लागि अझै ६ करोड माथिको व्यापार गर्न आवश्यक छ ।
खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको बिषयवस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् ।