Breaking

११.२७ अंकले घट्याे नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ११.२७ अंकले घटेर एक हजार ८ सय ९६ दशमलब ६७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा आज एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

यस कमनिीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button