काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेका छ ।
जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको NIMB Smart बचत नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले NIMB Smart बचत रजिस्टेशन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् ।
साथमा अफर अवधिभर ४ जना (प्रति १५ दिनमा १ जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान स्मार्टै फोन जित्न सक्ने कुरा बैंकले जनाएको छ ।
नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ता हरुलाई डिजिटल बैंकिङ्ग प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्ट सँगको सहकार्यमा संचालन गरिएको यो अफर यहि पौष १ गते देखि माघ २९ गते सम्म संचालनमा रहने छ ।