BankingBrandingCorporateInfo-TechInsurance & FinanceShare MarketUncategorized

सानिमा बैंकद्वारा बिमा रकम हस्तान्तरण

काठमाडौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत .३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ। बैंकले खातावाला राममाया अधिकारीलाई बिमा रकम भुक्तानी गरेको हो।

बैंकको बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरे। राममाया अधिकारीले सानिमा बैंकको धादिङबेँसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन्।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको १३ घातक रोगको उपचार बिमा १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधी उपचार बिमा, ५० हजारको आवधिक जीवन बिमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button