BankingBrandingBreakingBusiness NewsCorporate

निर्माण व्यवसायीको रकम चाडैं भुक्तानी हुनुपर्ने : अध्यक्ष ढकाल

काठमााडौ । नेपाल निर्माण व्यवसायी महासंघ को २५ औ वार्सिकोत्सवमा बोल्दै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाडैं पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघ को २५औ वार्सिकोत्सव शुक्रवार हेटौडामा आयोजना भएको थियो।

अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गर्नु भयो। सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन किनकि यसले परियोजनाहरूमा ढिलाइ हुन सक्छ भनी जानकारी दिनु भयो।

हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त छन् भन्नु भयो। वहाँले तर स्तिथि आउने दिनहरुमा सुधार उन्मुख हुने छ भनी आफ्नो विस्वास व्यक्त गर्नु भयो।

कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरु बाट सजिलै संग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड धिनु भयो। अन्तमा, नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासको लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिनु भयो। सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहालले गर्नु भएको थियो।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button