BrandingBusiness NewsCorporateTrending

आजको सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको सोमबार भने बढेन ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य आइतबार र सोमबार पनि उस्तै छ ।

आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि हिजो कै मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button