BrandingBusiness NewsInsurance & Finance

दाङका सामुदायिक विद्यालयमा मेटलाइफको सहयोग


काठमाडौ । मेटलाइफले नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई दाङ जिल्लामा शिक्षाद्वारा सशक्तिकरण कार्यक्रमलाई समर्थन गर्दै आर्थिक सहयोग उपलब्ध गराएको छ ।


दाङका विभिन्न सामुदायिक विद्यालयका ५० विद्यार्थीलाई शैक्षिक सहयोगका लागि केन्द्रलाई ३ लाख ६० हजार अनुदान उपलब्ध गराइएको छ ।

प्राविधिक विकासको साथ, बच्चाहरूको लागि धेरै अवसरहरू र डिजिटल सिक्ने उपकरणहरू विकसित भएका छन् । तर, पर्याप्त विद्यालयको स्तर र सिकाइ सामग्रीको अभावका कारण आधारभूत शिक्षाबाट ग्रामीण नेपालका विभिन्न भागका बालबालिकाहरु वञ्चित भएका छन् ।

यी बच्चाहरूले पनि जीवनमा उन्नति र नयाँ उचाइमा पुग्ने सपना देख्छन्, तर रकमको अभावले उनीहरूलाई आफ्नो लक्ष्यहरू प्राप्त गरी उत्कृष्ट बन्न मद्दत गर्ने बाटो अझै विकसित भएको छैन । यी बालबालिकाको जीवनलाई रक्षा, सहयोग र परिवर्तन गर्न शिक्षाद्वारा सशक्तिकरण कार्यक्रमले विभिन्न विद्यालयहरूसँग आवश्यक स्रोतसाधन सहित गुणस्तरीय शिक्षा प्रदान गर्न काम गरिरहेको छ ।


यस केन्द्रलाई मेटलाइफको सहयोग मार्फत, दाङका यी विपन्न बालबालिकाका लागि स्टेशनरी सामान, विद्यालय पोशाक, स्कुल झोला र ट्युसन शुल्क उपलब्ध गराउने योजना बनाएको छ । यस परियोजनाले यी बालबालिकाहरूलाई बिना अवरोध गुणस्तरीय शिक्षामा पहुँच गर्न मद्दत गर्नेछ र उनीहरूलाई आफ्ना सपनाहरू साकार गर्ने मौका दिनेछ । यी बालबालिकाको पालनपोषणले हामीलाई ग्रामीण समुदायको उत्थान गर्न, सामाजिक वर्जित र अन्धविश्वास त्याग्न र मानिसहरूको जीवनस्तर सुधार्न मद्दत गर्नेछ ।


मेटलाइफ नेपालका उपाध्यक्ष र महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “आर्थिक सुरक्षा र सुनिश्चित भविष्यको दुतको रूपमा, हामी यी बालबालिकाहरूलाई उनीहरूको समृद्ध भविष्यको लागि जग निर्माण गर्न मद्दत गर्ने अवसरको लागि आभारी छौं । उनीहरूको शिक्षा प्रति सहयोग गरी हामी उनीहरूको समुदायमा सकारात्मक परिवर्तनहरूलाई प्रोत्साहित गर्ने र उनीहरूलाई दिगो जीविकोपार्जनका लागि तयार पार्ने आशा गर्छौं ।“


मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button