BankingBusiness NewsCorporate

लुम्बिनी विकास बैंकको १६औँ वार्षिकोत्सवमा विद्यार्थीलाई पोसाक वितरण तथा कर्मचारीलाई सम्मान

काठमाडौ । लुम्बिनी विकास बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीलाई पोसाक वितरण तथा कर्मचारीलाई सम्मान गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टोखा नगरपालिकाको धापासीमा रहेको ‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको बैंकले जनाएको छ ।

वार्षिकोत्सवकै अवसरमा संस्थामा २० वर्षभन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा प्रदान गरेका १२ जना कर्मचारीलाई सम्मान गरेको जनाइएको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्य र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले संयुक्त रूपमा कर्मचारीलाई दीर्घ सेवापदक र मायाको चिनो प्रदान गरेको उल्लेख छ ।

बैंकले हाल देशका सातवटै प्रदेशमा ८९ शाखा तथा एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । त्यस्तै, ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रूपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि १० गुणासम्म हुने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाइएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button