Business NewsInsurance & Finance

हिमालयन लाइफ इन्स्योरेन्सले दियो जीवन बीमा मृत्यु दावी वापत १ करोड

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्सले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क रु १ करोड रकम भुक्तानी गरेको छ ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो ।

साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा तीन बर्ष अघि १ करोडको जीबन बीमा गर्नु भएको देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो ।

कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गर्नु भएको हो ।
कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताउनुभयो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button