BankingCorporate

आजदेखि लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार, सीईओ बने अजय शाह

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी आज बाट एकिकृत कारोबार सुरू गर्दै छन ।

दुई बैंक गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुुरु गरेका हुन ।

बैंकको सीईओ क्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय शाह हुनुहुनेछ ।

मर्जर पश्चात् बन्ने बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौं भएको छ।

लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् ।

लक्ष्मी बैंकको चुक्तापूँजी रू ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सन्राइज बैंकको रू१० अर्ब ११ करोडभन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्तापूँजी रू २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ।

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक को असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

बैकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो भने नेपाल धितोपत्र बोर्डले समेत असार २५ गते पूर्व स्वीकृति प्रदान गरेको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button