BrandingBusiness NewsCorporateShare Market

आईएमई लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजारले पाए १० कित्ता सेयर

काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकले आवेदन दिएकोमा ११ लाख ८८ हजार ९९६ योग्य आवेदक कायम भएका थिए ।

योग्य आवेदक मध्ये ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन । २ लाख २८ हजार ९९६ आवेदकको भने हात खाली भएको छ।

आईएमइ लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुुलेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button