BankingBrandingShare Market
हिमालयन ब्रोक्रेज (ब्रोकर न. ६३) को कारोबार शुभारम्भ
काठमाडौँ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले आफ्नो कारोबार शुभारम्भ गरेको छ
विहीवार कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा कारोबार शुभारम्भ गरिएको हो ।
कम्पनी प्रर्वद्धक समुह जोय ग्रुपका अध्यक्ष सागर ढकाल एवम् संचालक र कर्मचारीहरूको उपस्थितिमा सफ्टवेयर पद्वतिमा आधारित बटम क्लिक गरी सेयर ट्रेडिङ शुभारम्भ गर्नुभएको थियो ।
कारोबार शुभारम्भको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहनुभएका ढकालले पुँजी बजारको क्षेत्रमा बढ्दो आकर्षणलाई सम्बोधन गर्न कम्पनी पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सदृढ, विश्वसनीय र प्रतिफलमूलक बनाउँदै लगिने विश्वास व्यक्त गर्नुभयो ।