BankingBrandingBusiness NewsInsurance & Finance
कुमारी बैंकले ल्यायो आकर्षक घर कर्जा योजना

काठमाडौ। कुमारी बैंकले निश्चित ब्याजदरमा आकर्षक घर कर्जा योजना ल्याएको छ।
योजनाअनुसार सेवाग्राहीले ११.७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जाको सुविधा उपयोग गर्न सक्नेछन्।
घर कर्जा योजनामा पहिलो ७ वर्षसम्म ब्याजदर निश्चित रहनेछ। ऋण प्राप्त गरेपश्चात ग्राहकले सो ऋणको रकमलाई नयाँ घर÷ अपार्टमेन्ट खरिद गर्न र घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सकिने छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखारहित बैंकिङ सेवा दिदै आएको छ ।
बैकले आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।